टी–१० लिगः कलन्दर्सविरुद्ध बलिङ गर्दै आन्द्रेको टिम

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो दिनको तेस्रो खेलमा कलन्दर्सविरुद्ध नर्थन वारियर्सले टस जितेर बलिङ गरिरहेको छ ।

दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा वारियर्सले मराठा अरबियनलाई ९ विकेटले हराएको थियो ।

यता कलन्दर्सले भने टिम आवुधावीसँग ‘टाई’ म्याच खेलेको थियो । दुवै टिमले समान रन बनाएपछि एक–एक अंक बाँडेका थिए ।

नर्थन वारियर्समा डारेन स्यामी (कप्तान), आन्द्रे रसेल, क्रिस ग्रिन, सिकन्दर राजा लगायत नाम चलेका खेलाडी छन् ।

कलन्दर्समा डेभिड मलान (कप्तान), लुकी रोन्ची, लउरी इभन्स, क्रिस जोर्डन लगायत चर्तित क्रिकेट आवद्ध छन् ।

आजै भएको पहिलो खेलमा डेक्कन ग्लेडिटरर्स र दोस्रो म्याचमा कर्नाटक टस्कर्स विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्