५८ किलो चरेससहित बर्दियाबाट पक्राउ परे यि पाँच जना

बर्दियाः ५८ किलो चरेससहित प्रहरीले पाँच जनालाई बर्दियाबाट पक्राउ गरेको छ ।

नेपालगञ्जबाट गुलरीया हुँदै चरेस भारत लैजादै गर्दा उनीहरूलाई गुलरिया नगरपालिका–७ भन्सार रोडमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गुलरीयाको टोलीेले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पूर्वी रुकुमको खवाङ्ग घर भइ दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका–१ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार उनीहरूको साथबाट ५८ किलो चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्