नेकपा पार्टी प्रवास कमिटी अध्यक्षमा चौलागाईं

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार सम्पन्न सचिवालय बैठकले युवराज चौलागाईंलाई पार्टी प्रवास कमिटी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

साथै बैठकले सचिबमा शिबप्रसाद साह, इन्चार्जमा बिन्दा पाण्डे तथा सह इन्चार्जमा युवराज चौलागाँइ र सदस्यमा रुकु बिकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले सो कमिटीले प्रवासमा रहेका नेपालीको हकहितका लागि काम गर्ने र विदेशमा पार्टीको प्रवास कमिटी नरहने बताए ।

बैठकमा अरु जिम्मेवारीका विषयमा केही छलफल नभएको तथा प्रधानमन्त्रीको स्वास्थ्य ठीक रहेको बताए ।

कमेन्ट गर्नुहोस्