टी–१० लिगः बंगलाविरुद्ध सन्दीपको टिमको उत्कृष्ट सुरुवात

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेलमा सन्दीप लामिछानेआवद्ध कर्नाटक टस्कर्सले उत्कृष्ट सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको टस्कर्सले यो समाचार तयार पार्दासम्म ७ ओभरमा बिनाविकेट गुमाएर ८५ रन बनाएको छ । दोस्रो खेलमा पनि सन्दीपले प्लेइङ ११ मा मौका पाएका छन् ।

आजै भएको पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध पारस खड्काआवद्ध टिम आबुधाबी ६ विकेटले विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्