टी–१० लिगः सन्दीपको टिमद्वारा बंगला टाइगर्सलाई ११५ रनको लक्ष्य

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत आजको दोस्रो खेलमा सन्दीप लामिछानेआवद्ध कर्नाटक टस्कर्सले बंगला टाइगर्सलाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा १  विकेट गुमाएर १ सय १४ रन बनाए ।

उसका लागि जनसन चार्ल्सले विस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र ४ चौकाको मद्दतमा २९ बलमा ५७ रन बनाए ।

यस्तै कप्तान हसिम अमला ४७ र रस व्हाइटली २ रनमा नटआउट रहे ।

बलिङमा बंगला टाइगर्सका केविन कोटियाकोडाले एक विकेट लिए । दोस्रो खेलमा पनि सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् ।

आजै भएको पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध पारस खड्काआवद्ध टिम आबुधाबी ६ विकेटले विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्