टी–१० लिगः आज पनि पहिलो ओभरमै सन्दीपले लिए विकेट

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेलमा पनि कर्नाटक टस्कर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् ।

सन्दीपले आज पनि  पहिलो ओभरको दोस्रो बलमै विकेट लिन सफल भएका हुन् । उनले विस्फोटक ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई ४० रनमा आउट गरेका हुन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा १  विकेट गुमाएर १ सय १४ रन बनाए ।

उसका लागि जनसन चार्ल्सले विस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र ४ चौकाको मद्दतमा २९ बलमा ५७ रन बनाए ।

यस्तै कप्तान हसिम अमला ४७ र रस व्हाइटली २ रनमा नटआउट रहे । बलिङमा बंगला टाइगर्सका केविन कोटियाकोडाले एक विकेट लिए ।

आजै भएको पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध पारस खड्काआवद्ध टिम आबुधाबी ६ विकेटले विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्