टी–१० लिगः सन्दीपको उत्कृष्ट बलिङका बाबजुत कर्नाटक पराजित

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध कर्नाटक टस्कर्स ५ विकेटले पराजित भएको छ ।

कर्नाटकले दिएको १ सय १५ रनको लक्ष्य बंगला टाइगर्सले ८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि आन्द्रे फ्लेचरले शानदार ब्याटिङ गरे । उनले ५ छक्का र १ चौकाको मद्दतमा १५ बलमा ४० रन बनाए । यस्तै रिले रोसउले २१, रोबी फ्राइलिंकले १३, टम मोरिसले नटआउट २८ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा १  विकेट गुमाएर १ सय १४ रन बनाए ।

बलिङमा कर्नाटकका सन्दीप लामिछानेले २ ओभरमा ९ रन दिएर महत्वपूर्ण २ विकेट लिए । उनले आन्द्रे फ्लेचर र कप्तान थिसरा परेरालाई आउट गर्न सफल भए ।

यस्तै शापूर जर्दान र अहमद रिजाको नाममा एक–एक विकेट रह्यो ।

उसका लागि जनसन चार्ल्सले विस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र ४ चौकाको मद्दतमा २९ बलमा ५७ रन बनाए ।

यस्तै कप्तान हसिम अमला ४७ र रस व्हाइटली २ रनमा नटआउट रहे । बलिङमा बंगला टाइगर्सका केविन कोटियाकोडाले एक विकेट लिए ।

आजै भएको पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध पारस खड्काआवद्ध टिम आबुधाबी ६ विकेटले विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्