नेपाललाई पहिलो झड्का, कुसल सस्तैमा आउट (स्कोर बोर्डसहित)

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेश विरुद्धसँगको खेलमा नेपालले पहिलो विकेटका रुपमा कुसल भुर्तेललाई १० रनमा गुमाएको छ ।

नेपालले कुसललाई ६.५ ओभरमा सुमन खानको बलमा क्इाच आउट हुन पुगे ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म ८ ओभरमा १ विकेट  गुमाएर ३३ रन बनाएको छ ।

याे पनि पढ्नुस  बंगलादेशविरुद्ध नेपालले सस्तैमा गुमायो २ विकेट

अघिल्ला २ खेलमा शून्यमै आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले आज उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनी ८ ओभरमा खेल सकिँदा २५ बलमा २२ रन बनाएर अविजित छन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।

याे पनि पढ्नुस  सागः नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।

याे पनि पढ्नुस  पीपीएलः काठमाडौंविरुद्ध कुसल भुर्तेलको शानदार अर्धशतक

बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११ 

ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल

शरद भेषावकर
आरिफ शेख

दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी

पवन सर्राफ
करण केसी

सन्दीप जोरा
सोमपाल कामी

सुशन भारी

 

कमेन्ट गर्नुहोस्