काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेश विरुद्धसँगको खेलमा नेपालले सस्तैमा ४ विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई ६ रनमा गुमाएको हो । उनलाई पनि तनवीर इश्लामले आउट गरे ।
यसअघि नेपालले शरद भेषावकरलाई १, कप्तान ज्ञानेन्द्र मल्ललाई २२ र कुसल भुर्तेललाई १० रनमा गुमाइसकेको छ ।
टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ४ विकेट गुमाएर ४७ रन बनाएको छ ।
स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्
भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।
बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।
बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।
बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल
शरद भेषावकर
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
पवन सर्राफ
करण केसी
सन्दीप जोरा
सोमपाल कामी
सुशन भारी