काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेश विरुद्धसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।
टस हारेर ब्याटिङको मौका पाएको नेपालले ९० रन नबनाउँदै महत्वपूर्ण ८ विकेट गुमाएको छ ।
नेपालले आठौं विकेटका रुपमा विनोद भण्डारीलाई ८ रनमा गुमाएकाे हाे ।
यसअघि नेपालले पवन सरार्फलाई ९, शरद भेषवारलाई १, दीपेन्द्रसिंह ऐेरीलाई ६, आरिफ शेखलाई ११, कप्तान ज्ञानेन्द्र मल्ललाई २२, कुसल भुर्तेललाई १० रनमा गुमाइसकेको छ ।
टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभरमा ८ विकेट गुमाएर ८५ रन बनाएको छ ।
स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्
भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।
बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।
बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।
बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल
शरद भेषावकर
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
पवन सर्राफ
करण केसी
सन्दीप जोरा
सोमपाल कामी
सुशन भारी