प्रधानमन्त्री ओलीले गरे ‘एक्शन रुम’ बाट माथिल्लो त्रिशूली थ्री ‘ए’ उद्घाटन

काठमाडौंः माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीट थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका हुन् ।

गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको हो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका छन् ।

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रिपति सीद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहेको छ । लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

याे पनि पढ्नुस  प्रचण्ड र माधव नेपालद्वारा ओलीको कडा आलोचना, एकताको नाममा सिद्धान्तसँग सम्झौता गर्न नसकिने भनाई

इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

याे पनि पढ्नुस  समीक्षाको देव्रे मिर्गौला निकालियो

कमेन्ट गर्नुहोस्