बिहेअघि नै बच्चा जन्माउँदै यि बलिउड नायिका !

एजेन्सीः बलिउड नायिका कल्की कोचलिन बिहेअघि नै बच्चा जन्माउँदै छन् । त्यसकारण उनको चर्चा अहिले चलिरहेको छ ।

हालै बलिउड नायिका कोचलिनले आफ्नो व्यक्तिगत जीवन र गर्भवस्थाबारे जानकारी दिएकी थिइन् । कल्कीले आफू गर्भवती भएको दुई महिना भएको र आफू गर्भवती भएको पनि थाहा नभएको समेत खुलासा गरिन् । तर, पछि भने बच्चाको दिल धड्किन थालेपछि आफू रोमाञ्चक उनले बताइन् ।

याे पनि पढ्नुस  ‘साहो’ पछि प्रभास यस्तो लभस्टोरी चलचित्र खेल्दै

कल्कीले आफ्नो ब्यायफ्रेण्ड गाय हर्बबर्गका बारेमा पनि कुराकानी गरिन् । उनले भनिन्, ‘हामीलाई बिहे गर्न कुनै लाज छैन, तर म यसकारण बिहे गर्न चाहन्न कि, म गर्भवती छु ।’ उनले भोलि बच्चाका लागि जरुरी र्पयो भने आफूहरुले यसबारेमा बिहे गर्ने धारणा राख्छिन् ।

याे पनि पढ्नुस  श्रीलंकाको समुन्द्रमा ज्याकलिनको बर्थ डे सेलिव्रेशन

कल्कीले गर्भवती भएको थाहा पाएपछिको पहिलो क्षण पनि शेयर गरिन् । उनले भनिन्, ‘म छक्क परेकी थिएँ, यो कसरी भयो, हामीले यस्तो योजना बनाएका थिएनौँ, पछि हामीले फेरि टेस्ट गरायौँ, त्यतिबेला बच्चा छ भन्ने पक्का भएपछि म खुशी भएँ ।’

याे पनि पढ्नुस  खानामा बिष मिसाएर लता मंगेशकरलाई गरिएको थियो मार्ने प्रयास

कल्की लामो समयदेखि इजरायली शास्त्रीय पियानोवादक गाय हर्शबर्गसँग डेट गरिरहेकी छिन् । उनले गायसँगको सम्बन्धका बारेमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी थिइन् ।

यसअघि बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि आमा बनेपछि बलिउड तातेको थियो ।

कमेन्ट गर्नुहोस्