पिटिए पारसका टिम बलर, ह्यारीले दिए ३५ रन !

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत पारस खड्काआवद्ध टिम अवुधाबीका बलरले खराब बलिङ गरेका छन् ।

मराठा अरेबियनसँगको भइरहेको खेलमा आवुधाबीका बलर निकै महंगा सावित भइरहेका छन् ।

आजै पहिलो पहिलो नेपाली बलर सन्दीप लामिछाने पिटिएका थिए । उनी मात्र होइन आज आवुधाबीका बलर पनि पिटिएका छन् ।

आवुधाबीका ह्यारी गर्नीले पनि सन्दीपकै जस्तै २ ओभरमा बिनाविकेट ३५ रन दिएका छन् ।
टस हारेर ब्याटिङको मौका पाएको अरेबियनले ८ ओभरमा एक विकेट गुमाएर १०८ रन बनाएको छ ।

अघिल्लो २ खेलमा प्लेइङ ११ मा अटाएका पारस आज भने अटाउन असफल भएका छन् । उनको स्थानमा प्लेइङ ११ मा वेन म्याडेसनलाई मौका दिइएको छ ।

कमेन्ट गर्नुहोस्