पारसको टिमले पायो १३९ रनको लक्ष्य, शतक बनाउन चुके लिन

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगमा मराठा अरेबियनले पारस खड्काआवद्ध टिम अवुधाबीलाई १ सय ३९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको अरेबियनले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि क्रिस लिनले शानदार ब्याटिङ गरे ।

याे पनि पढ्नुस  नेपाललाई पहिलो झड्का, कप्तान खड्काकाे विष्फोटक ब्याटिङ (LIVE)

उनले ७ छक्का र ९ चौकाको मद्दतमा ३० बलमा नटआउट ९० रन बनाए । यस्तै एडम लिथ ३० र हजरतुल्लाह जजाई ११ रनमा आउट भए ।

बलिङमा आबुधाबीका बेन लाफलिन र एमडी लेंगेले १–१ विकेट लिए ।

अघिल्लो २ खेलमा प्लेइङ ११ मा अटाएका पारस आज भने अटाउन असफल भएका छन् । उनको स्थानमा प्लेइङ ११ मा वेन म्याडेसनलाई मौका दिइएको छ ।

याे पनि पढ्नुस  टी–१० लिगः लिनको टिमले दियो दिल्लीलाई १४७ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्