टी–१० लिगः पारसको स्थान लिएका म्याडेसन १ रनमै आउट !

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगमा मराठा अरेबियनले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याई रहेको पारस खड्काआवद्ध टिम अवुधाबीले महत्वपूर्ण ३ विकेट गुमाएको छ ।

अवुधाबीले तेस्रो विकेटका रुपमा वेन म्याडेसनलाई १ रनमा गुमाएको हो । उनी ५.२ ओभरमा रनटआउट हुन पुगे । म्याडेसनलाई आज पारसको स्थानमा प्लेइङ ११ मा समावेश गरिएको थियो ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको अरेबियनले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि क्रिस लिनले शानदार ब्याटिङ गरे ।

उनले ७ छक्का र ९ चौकाको मद्दतमा ३० बलमा नटआउट ९० रन बनाए । यस्तै एडम लिथ ३० र हजरतुल्लाह जजाई ११ रनमा आउट भए ।

बलिङमा आबुधाबीका बेन लाफलिन र एमडी लेंगेले १–१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्