हप्ताको ४ दिनमात्रै काठमाडौं महानगरले फोहोर उठाउने

काठमाडौंः काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो।

यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए ।

याे पनि पढ्नुस  फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न सकिने

उनका अनुसार अबको एक महिनाभित्र सो व्यवस्था लागू भइसक्नेछ। विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरूलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था शुरू गर्न लागेको हो।

‘पहिलो चरणमा वडाध्यक्ष र सदस्यलाई यसबारे तालिम दिन्छौं, त्यसपछि उनीहरूको अग्रसरतामा फोहोर व्यवस्थापन शुरू गछौं।’ –विभागका प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले भने।

याे पनि पढ्नुस  आरडीटी पोजिटिभ देखिएका महानगरका कर्मचारीको पीसीआर रिपोर्ट आयो

विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्