गोरु काटेर खाने ४ जना पक्राउ

बागलुङः काठेखोला गाउँपालिका–१, पालाबाट गोरु काटेर खाएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान रहेका छन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले बताए ।

उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्