बैतडीमा ‘बिडिसिए कप क्रिकेट प्रतियोगिता’ हुँदै

बैतडी । बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिताको १९औँ संस्करण सञ्यचालन गरिने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २० टोलीको सहभागिता रहने भएको बताइएको छ।

मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले जानकारी दिए।

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउनेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिने भएको छ। प्रतियोगिताका खेलहरू देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदान र बुड्डास्थित बुड्डाबाजे क्रिकेट मैदान हुने जनाइएको छ।

देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदानमा हुने उद्घाटन एक औपचारिक कार्यक्रमकाबीच गरिने भएको छ। प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम तय भएको छ।

क्रिकेटका प्रतिभाको खोजीका साथै निकट भविष्यमै हुने प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोटका रूपमा पनि यो प्रतियोगितालाई लिइएको आयोजकले जनाएको छ।

बैतडी जिल्ला क्रिकेट संघले विस २०५८ सालदेखि निरन्तर रूपमा बिडिसिए कप क्रिकेट प्रतियोगिता  गर्दै आएको छ।  गत वर्ष सम्पन्न बिडिसीएको १८ औं संस्करणको उपाधी निंगलाशैनी क्रिकेट क्लब (एनसिसी)लाई  ९ रनले हराउँदै कालाशैनी क्रिकेट क्लबले हात पारेको थियो।

 

कमेन्ट गर्नुहोस्