एभीसी सेन्ट्रल जोन विजेता महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेका छन् ।

उपराष्ट्रपति पुनले मंगलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गरेका हुन् । पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे । उनले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागि खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गरे ।

याे पनि पढ्नुस  आर्थिक समृद्धिको पहिलो आधार कृषि होः उपराष्ट्रपति पुन

खेलाडीहरुलाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधी दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिस्ठा बढाएको बताए । उनले आगामी दिनमा भलिबलमा अझै ठूला अन्तर्राष्ट्रिय उपाधीहरु जित्ने अपेक्षासमेत व्यक्त गरे ।

उपराष्ट्रपतिले नेपालको सबै भूभागमा खेलिने भलिबल सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताए । उनले आसन्न साग प्रतियोगितामा उपाधिका लागि राष्ट्रिय महिला भलिबल टिमलाई शुभकामनासमेत दिए ।

याे पनि पढ्नुस  भारतीय राजदूतावासको स्वागत समारोहमा उपराष्ट्रपति

सम्मान ग्रहण गर्दै राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताइन् । उनले उपराष्ट्रपतिबाट पाएको सम्मानले आगामी दिनमा खेलमा थप राम्रो गर्ने हौसला मिलेको बताइन् ।

प्रमुख प्रशिक्षक जगदशी भट्टले महिलो नेपाली चेलीहरुले भलिबलमा इतिहास रचेको बताउँदै आगामी दिनमा थप राम्रो गर्नका लागि राज्यले भौतिक पूर्वाधार लगायतको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

याे पनि पढ्नुस  कोरोना रोकथाम कोषः उपराष्ट्रपति पुनले दिए एक महिनाको तलब

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताए । उनले भलिबलको विकासका लागि आफूहरु प्रयासरत रहेको भए तापनि राज्यको लगानी कम रहेको बताए ।

कमेन्ट गर्नुहोस्