एक रुपैयाँ जरिवाना र एक घण्टा जेल बसेर रिहा भए पत्रकार खेम भण्डारी

कञ्चनपुरः मानखण्ड दैनिकका प्रधान सम्पादक तथा न्यूनतम पारिश्रमिक समितिका पूर्वअध्यक्ष खेम भण्डारी एक रुपैयाँ जरिवाना र एक घण्टा जेल बसेर रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार दिउँसो पक्राउ गरेर जिल्ला कारागार राखेको थियो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणबारे सामाजिक सञ्जालमा अदालतको अवहेलना हुने खालका सामग्री पोष्ट गरेको भन्दै अदालतले उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । साथै, अदालतको अवहेलना हुने सामग्री हटाएमा सजाय नहुने बताएको थियो ।

भण्डारीले आफू जेल जान तयार भएको तर सामाग्री नहटाउने अडान लिँदै आएका थिए । फैसलाविरुद्ध पुनरावेदन गर्ने म्याद सकिएपछि उनलाई पक्राउ गरी जेल पठाइएको थियो ।

भण्डारी निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराउने पत्रकार हुन् ।

कमेन्ट गर्नुहोस्