रगत दिएर बिरामी बचाउँदै नेपाली सेना

बाजुरा– जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त मैले ब्लड ग्रुप मिल्ने स्टाफ छनौट गरेँ ।

ब्लडग्रुप मिल्ले सिपाही अहिमान सिं नेपालीले र अमल्दार रेकम विसीले एक ÷एक पिन्ट ब्लड दिएर आए । फेरी फोन आयो हिमाली गाउँपालिका वडा नं ३ की धनकला गुरुङ्गलाई अत्यधिक रक्तश्रावले छट्पटाएकी छिन्, ब्लड ग्रुप मिल्ने भए सहयोग गर्नुपर्यो । समरजित गुल्मबाट हुदाँ सुकमान घ्लानले एक पिन्ट ब्लड दिएर आए । फेरी फोन आयो समरजित गुल्मका सहायक पण्डित हुदाँ तिलकराम पंगेनीले एक पिन्ट ब्लड दिए । दुईदिनमा चार सैनिकले रक्क्रदान गरेका छन् , सायद दुबै विरामीको ज्यान बच्न सक्छ , समरजित गुल्मका गुल्मपति रबिन श्रेष्ठले भने ।

केहीदिन अगाडि बुढिनन्दा नगरपालिका वडानं. ३ की तीस वर्षीया जावा दमाईलाई गुल्मपति श्रेष्ठ स्वयंले ए पोजेटिभ समुहको रक्त दानगरी उनको ज्यान बचाएका थिए । गत साउन देखि आज सम्म ६ जना ब्लड कमी भएका विरामीलाई आर्मीको रक्तदान सहयोगबाट विरामीलाई सहयोग गर्न पाईयो, खुशी छु गुल्मपति श्रेष्ठले भने । सामान्यतया बाजुराका सर्वसाधारणहरु भने ब्लड डोनेशन गर्न मान्दा रहेनछन् । ब्लड चाहिपछि नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई गुर्हाछन् । मानवीय दृष्टीले सहयोग गरिहेका छौं गुल्मपति श्रेष्ठले जानकारी दिए।

बाजुरामा बिशेषगरी रक्त अल्पत्ता, ब्लड क्यान्सर ,घाउ चोटपटक, गर्वाअवस्थामा अत्यधिक रक्तश्राव, महिनावारीमा बढी रक्तश्रावका विरामी आउँछन् । तर सर्वसाधारणलाई रक्तदान गर्नुपर्छ भन्ने जानकारी छैन जिल्ला अस्पाताल बाजुराका डाक्टर रोहित गिरीले भने । समामान्यताया ९० देखि देखि १२० दिन सम्म राता रक्तकोषहरुको आयु हुन्छ । त्यसपछि रगत दिएपनि नदिएपनि राता रक्तकोषहरु मरेर जानेभएकाले रगत दान गर्नु रक्तदान गर्ने ब्यक्तीका लागि समेत स्वस्थकर हुने कुरा डाक्टर रोहितले भने ।

गत साउन देखि हाल सम्म २५ पिन्ट भन्दा बढि तत्काल रगत संकलन गरेर विरामीको ज्यान वचाएको नेपाल रेडक्रस जिल्ला शाखा बाजुराका ल्याब असिष्टेन्ट जगतवहादुर शाहीले भने । हामी संग ब्लड बैंक छैन । मान्छे बोलाएर रगत गुरुपिङ्ग र म्याचिङ्ग गर्दा कम्तीा एक घण्टा लाग्छ । सामाजिक विकास मन्त्रालयले एउटा फ्रिज उपलब्ध गराएको छ । त्योपनि ईन्सटल गर्ने प्राविधिक नआएर प्रयोग विहिन छ। फ्रिज जडान भए कम्तीमा ३५ दिन सम्म ब्लड राख्न सकिन्थ्यो अशिष्टेन्ट शाहीले भने । हाम्रा कुराबाट

कमेन्ट गर्नुहोस्