दिल्लीविरुद्ध ग्रीनको घातक बलिङ, लिए महत्वपूर्ण ३ विकेट

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट अन्तर्गत दिल्ली बुल्सविरुद्धको खेलमा नर्थन वारियर्सका स्पिनर क्रिस ग्रीनले घातक बलिङ गरेका छन् ।

उनले आफ्नो टिमका लागि ‘पावरप्ले’ मै महत्वपूर्ण ३ विकेट दिलाएका हुन् । ग्रीनले कुसल परेरा ४, शेर्फेन रदरफोर्ड शून्य र मोहम्मद उश्मानलाई ८ रनमा आउट गर्न सफल भए ।

उनले २ ओभरमा ३ विकेट लिएर मात्र ८ रन दिए ।

दिल्लीले आज टस हारेर ब्याटिङ गरिरहेको छ । दिल्लीमा इओन मोर्गन र नर्थन वारियर्समा डरेन स्यामी कप्तान छन् ।

आजै हुने तेस्रो खेलमा नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काआवद्ध टिम अबुधाबीले बंगला टाइगर्सको सामना गर्दैछ ।

बंगला र अबुधाबीको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि हुनेछ ।

सन्दीप लामिछानको टिम कर्नाटक टस्कर्सको खेल भने आज छैन ।

कमेन्ट गर्नुहोस्