आन्द्रेको टिमले पायो १११ रनको लक्ष्य, मोर्गनको उत्कृष्ट ब्याटिङ

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगमा दिल्ली बुल्सले नर्थन वारियर्सलाई १ सय ११ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

निकै खराब सुरुवात गरेको दिल्लीलाई यो स्थितिमा कप्तान इओन मोर्गनले पुर्‍याए । उनले ५ छक्का र ३ चौकाको मद्दतमा २८ बलमा ५६ रन बनाए ।

यस्तै मोहम्मद उश्मानले १३, एन्जेलो म्याथ्यूज, मोहम्मद नाबीले समान १०, डेभिड विल्लिले नटआउट ११ रन बनाए । बलिङमा नर्थन वारियर्सका स्पिनर क्रिस ग्रीनले घातक बलिङ गरे ।

उनले आफ्नो टिमका लागि ‘पावरप्ले’ मै महत्वपूर्ण ३ विकेट दिलाए । ग्रीनले कुसल परेरा ४, शेर्फेन रदरफोर्ड शून्य र मोहम्मद उश्मानलाई ८ रनमा आउट गर्न सफल भए ।

उनले २ ओभरमा ३ विकेट लिएर मात्र ८ रन दिए । यस्तै आन्द्रे रसेले २ र रायद इमरितले एक विकेट हात पारे ।

आजै हुने तेस्रो खेलमा नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काआवद्ध टिम अबुधाबीले बंगला टाइगर्सको सामना गर्दैछ ।

बंगला र अबुधाबीको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि हुनेछ । सन्दीप लामिछानको टिम कर्नाटक टस्कर्सको खेल भने आज छैन ।

कमेन्ट गर्नुहोस्