सहर नभएको नयाँ ठाउँमा पनि प्रदेश राजधानी राख्न सकिन्छः प्रचण्ड

भैरहवाः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका छन ।

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौँ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को उदघाटन गर्दै प्रचण्डले सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्नुपर्ने आफ्नो दृढ मान्यता रहेको बताए ।

याे पनि पढ्नुस  नेकपा बैठकः केही टोली नेता छान्न मतदान गर्ने तयारी

‘जनताको बीचमा विभिन्न जिज्ञासा र प्रश्न छन्, प्रश्न छन् । बाँके–बर्दियामा गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि बोलेको हुँ, दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु’ उनले भने, ‘सबैलाई धेरै भन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ ।’

याे पनि पढ्नुस  ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी

नेकपाका अध्यक्ष प्रचण्डले पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको बताए । ‘नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ । यो छलफलकै क्रममा छ’ उनले भने ।

कमेन्ट गर्नुहोस्