प्रहरीलाई ५० हजार घूस दिन खोज्ने महिला पक्राउ

काठमाडौंः प्रहरीलाई घूस दिन खोज्ने एक महिला पक्राउ परेकी छन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो ।

वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई ५० हजार घूस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई गएराति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घूस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।

कमेन्ट गर्नुहोस्