कांग्रेस नेता र सांसदबीच कुटाकुट, स्थानीयले गरे उद्धार

वीरगञ्जः प्रदेशसभा सदस्य तथा कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ । बुधवार बिहानै आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको उनीहरूको कुटाकुट भएको हो ।

गालिगलौजपछि कुटपिटमा उत्रिएएका उनीहरूलाई चिया पिउन भेला भएका स्थानीयले छुट्याएका थिए । प्रत्यक्षदर्शीका अनुसार कुटपिटपछि शर्मा र कलवारको नाकबाट रगत बगको थियो ।

दुवैजना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

कमेन्ट गर्नुहोस्