भारतीय अतिक्रमणका विरुद्ध जर्मनीमा पनि प्रदर्शन

काठमाडौ,मङ्सिर ४।भारतले पटकपटक नेपालको सिमा अतिक्रमण गरेको भन्दै जर्मनीमा रहेका गैर आवासीय नेपालीहरुले त्यसको बिरोध गरेका छन् ।

गैर आवासीय नेपाली संघको आयोजनामा जर्मनीमा रहेका विभिन्न नेपाली संघसंगठनका प्रतिनिधिहरुको सहभागीतामा मंग्लवार बिरोध प्रदर्शन भएको हो ।केहि दिन अघि भारतले जारी गरेको नयाँ नक्सामा कालापानी ,लिपुलेक,र लिम्पियाधुरा आफ्नो देशमा रहेको भन्ने भ्रम छरेसंगै देश तथा बिदेशमा रहेका नेपालीहरु त्यसको बिरोधमा उत्रिएका छन् ।

जर्मनीको फ्र्यांकफर्टमा आयोजना गरिएको बिरोध कार्यक्रममा गैरआवासीय नेपाली संघका आइसिसी अध्यक्ष कुमार पन्त सहित सयौं नेपालीहरुको सहभागीता रहेकोे थियोे ।

गैर आवासीय नेपाली संघले यसअघि पनि भारतीय अतिक्रमणको बिरोध गर्दै सम्बन्धित देशमा रहेका भारतीय दूतावासमा ज्ञापन पत्र समेत बुझाएको थियोे ।

कमेन्ट गर्नुहोस्