इमर्जिङ एसिया कपः पाकिस्तानले दियो भारतलाई २६८ रनको लक्ष्य

काठमाडौंः बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतलाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रन बनायो ।

उसका लागि ओमार बिन यूसुफले ६६, सैफ बदरले नटआउट ४७, हैदर अलीले ४३, कप्तान रोहेल नाजिरले ३५, इमरान रफिकले २८, खुश्दिल शाह र साउद शकीलले १३–१३ रन बनाए ।

याे पनि पढ्नुस  संकटका बाजुत बंगलादेशविरुद्ध नेपालको १०० रन पूरा (स्कोरसहित)

बलिङमा भारतका ऋतिक शोकेन, सौरभ दुबे, शिवम मावीले २–२ र सिद्धार्थ देसाईले एक विकेट लिए ।

नेपाल भने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको थिए ।

कमेन्ट गर्नुहोस्