नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्नः महामन्त्री कोइराला

विराटनगरः नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकोमा नेपाली काँग्रेसको पनि समर्थन रहेको बताए ।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताए ।

कमेन्ट गर्नुहोस्