नयाँ मन्त्रीहरूको सपथ ग्रहणका लागि तयारी गर्दै राष्ट्रपति कार्यालय

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । कम्तीमा पाँच र बढीमा १० जनासम्म मन्त्रीहरू हटाउने तयारी प्रधानमन्त्रीको छ । त्यसमा केही नयाँ मन्त्री आउने र केही हटने चर्चा छ ।

त्यसका लागि अहिले सत्तारुढ दल नेकपा सचिवालय बैठक बसिरहेको छ । उक्त बैठकले नयाँ मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अध्यक्ष प्रचण्डले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेका थिए ।

सो क्रममा ओली र दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए । त्यसतिबेला नै बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर तयारी गर्न राष्ट्रपति कार्यालयलाई भनिएको बताइएको छ ।

सोही अनुसार राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीको सपथ ग्रहणका लागि तयारी गरिरहेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्