प्रचण्डको यात्राः चौंथो महाधिवेशनदेखि नेकपाको शक्तिशाली अध्यक्षसम्म

एभरेष्टः प्रचण्ड नेकपाको शक्तिशाली अध्यक्ष बनेका छन् । कम्युनिष्ट पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने कुरामा निरन्तर सक्रिय र नेपाली राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्दै आएका प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष बनेका हुन् । यो प्रचण्डको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो उचाई हो ।

२०२६ सालदेखि राजनीति सुरु गरेका प्रचण्डले अनेकौं आरोवअवरोह पार गर्दै शक्तिशाली अध्यक्ष बनेका हुन् । पार्टीलाई विसर्जन तथा उग्रबामपन्थी भड्काउबाट मुक्त राख्दै नेपाली जनताको मुक्तिको चाहनाका लागि २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले अघि सारेका सपना पुरा गर्न प्रचण्डले क्रान्तिकारी युद्ददेखि संसदीय मोर्चासम्म निर्णायक भूमिका खेल्दै आएका छन् ।

आफू मरेपछि मात्रै प्रचण्ड युग अन्य हुने बताउने प्रचण्ड पछिल्लो तीन दशकयता मियो पनि बन्दै आए । उनकै वरिपरि नेपालको राजनीति घुम्यो । २०५२ सालमा प्रचण्डले विसम र कठिन परिस्थितिका बाबजूत नेपाली समाजमा पहिलो पटक हतियारबद्ध सशस्त्र संघर्षको सुरुवात गरे । त्यसबेला संघर्षलाई कतिपय बामपन्थी घटकहरूले निकै आलोचना गरे । यो धेरैदेखि टिक्दैन भने ।

तर, जनयुद्धको राप देशभरि फैलिँदै गयो र त्यसले नेपाली जनतालाई राजतन्त्र फ्याक्नका लागि निर्णायक कडिका रुपमा प्रचण्डले नेतृत्व गरेको युद्ध देखा पर्यो । र, नेपालबाट राजतन्त्रको अवसान भएपछि पहिलो संविधानसभा र नयाँ संविधान जारी हुँदासम्म प्रचण्डले कतिपय बेला निकै अगाडि बढेर र कतिपय बेला निकै पछाडि हटेर, कतिबेला आफ्नै अडान छोडेर, कतिपय बेला आफ्नै दह्रो अडान राखेर नेपाली राजनीतिलाई ट्रयाकमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

यहीँ उनको निरन्तरको प्रयास, कैंयौं असफलता, कैंयौं विद्रोहका बाबजुत पनि उनले परिवर्तनका लागि खेल्दै आएको निरन्तरको भूमिकापछि उनी शक्तिशाली पार्टीको शक्तिशाली अध्यक्ष बनेका छन् ।

उनका अगाडि उनकै शब्दमा विग्रेको पार्टीलाई सुधार्ने र नेपाली समाजका समाजवाद स्थापना गर्ने ठूलो जिम्मेवारी आइपरेको छ । संम्भावनाहरुसँग खुल्न रुचाउने प्रचण्डले यि चुनौती पनि पार गर्लान् भन्ने आशा राख्न सकिन्छ ।

यस्तो प्रचण्डको जीवनीः
समृद्ध नेपाल तथा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि निरन्तर सक्रिय र निर्णायक भूमिकामा रहँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको जन्म वि। सं। २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा लिएका थिए ।

प्रचण्डको परिवार चितवन बसाई सरेपछि बिक्रम सम्बत २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मावि. शिवनगरबाट उनले एस.एल.सी. उत्तीर्ण गरेका थिए । विद्यार्थी कालमा नै राजनीतिकरुपमा सक्रिय भएका प्रचण्डले २०२७ जेठ २९ मा पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरा गरे भने २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी उत्तीर्ण गरे । पछि उनले जनप्रशासनमा स्नातकोत्तरको पढाईं गरे ।

कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल चौथो महाधिवेशनको राजनीतिमा सक्रिय भएपछि भूमिगत भएका थिए । भूमिगत काल २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा उनको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । चालिसको दशकमा माओवादी राजनैतिक समूहको प्रभावशाली नेताको रुपमा देखा परेसँगै प्रचण्ड नै वहाँको प्रचलित नाम रहेको छ ।

२०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई भएका प्रचण्डको २०२६ साल बैशाखमा सीता पौडेलससँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्ड नारायणी विद्या मन्दिर मा।वि।शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु।एस।एड।मा सेवारत रहेका थिए ।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । २०३८ सालमा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए, प्रचण्ड ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वा्चित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । यसैगरी, २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।

वि।सं। २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वा्चित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वा्चित भए । साथै उनीउच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडांै–१० र रोल्पा–२ बाट निर्वा्चित भएका थिए । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वा्चित भएका थिए ।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं।–५ बाट निर्वा्चित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसदमा तीन सय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वा्चित हुनुभएको थियो।

शुभकामना !
प्रचण्डले नेपाली समाजलाई नयाँ दिशामा अगाडि बढाउन सकून, नेपाली जनतका सपना पुरा गर्ने पार्टीका रुपमा नेकपालाई विकसित गर्न सकून, हार्दिक शुभकामना !

कमेन्ट गर्नुहोस्