काठमाडौंः बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो सेमिफाइनलमा भारतविरुद्ध पाकिस्तान ३ नले विजयी भएको छ ।
पाकिस्तानले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६४ रन मात्र बनाउन सक्यो । उसका लागि सनवीर सिंहले सर्बाधिक ७६ रन बनाए ।
बलिङमा पाकिस्तानका मोहम्मद हसनैन, सैफ बदरले २–२, उमिर खान र अमाद बुटले एक–एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रन बनायो ।
उसका लागि ओमार बिन यूसुफले ६६, सैफ बदरले नटआउट ४७, हैदर अलीले ४३, कप्तान रोहेल नाजिरले ३५, इमरान रफिकले २८, खुश्दिल शाह र साउद शकीलले १३–१३ रन बनाए ।
बलिङमा भारतका ऋतिक शोकेन, सौरभ दुबे, शिवम मावीले २–२ र सिद्धार्थ देसाईले एक विकेट लिए ।
नेपाल भने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको थिए ।