प्रधानमन्त्री ओलीको कानुनी सल्लाहकारमा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त भएका छन्।

२५ वर्षदेखि कानुन व्यवसायमा संलग्न अधिवक्ता दाहाल सार्वजनिक खरिदसम्बन्धी कानुनका विज्ञका रुपमा चिनिन्छन् ।

दाहालले नियुक्ति सम्बन्धी जानकारी औपचारिक रुपमा आफूले पाएको बताए । मकवानपुरका स्थायी दाहालले ‘कर्पोरेट ल’मा पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम गरेका छन् ।

याे पनि पढ्नुस  प्रचण्डको अध्यक्षतामा बैठक बस्ने

२०६० सालसम्म दाहालले हेटौँडामा नै कानुन व्यवसाय गरेका थिए । त्यसयता काठमाडौँमा नै क्रियाशील छन् । अधिवक्ता दाहालले इहिातस विषयमा स्नातकोत्तर गरेका छन् । तत्कालीन एमालेको कानुन व्यवसायीको संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए) को सचिवका रुपमा पनि उनले काम गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्