टी–१० लिगः आन्द्रेको टिमविरुद्ध बंगला टाइगर्सको रोमाञ्चक जित

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत बंगाल टाइगर्स विरुद्धको खेलमा नर्थन वारियर्स ६ रनले पराजित भएको छ ।

१ सय ३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको वारियर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

उसका लागि आन्द्रे रसेलले समान ३ छक्का र चौकाको मद्दतमा २५ बलमा सर्बाधिक ४१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

बलिङमा बंगला टाइगर्सका डेभिड भिसाले ३, क्वाइस अहमद, थिसरा परेरा र रबि फ्राइलिंकले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बंगला टाइगर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो ।

उसका लागि रवि फ्राइलिंकले ३ छक्का र ४ चौकाको मद्दतमा १२ बलमा नटआउट ३६ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले २२, रिलि रोसोउले २१ रन बनाए । बलिङमा वारियर्सका रायद इमरितले २, नुवान प्रदीप, जुनैद सिद्दिकी र क्रिस उडले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्