टी–१० लिगः पारसले आज पनि पाएनन् प्लेइङ ११ मा मौका

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत डेक्कन ग्लाइडेटर्स विरुद्धको खेलमा पनि टिम आबुधाबीमा आवद्ध नेपाली क्रिकेटर पारस खड्का प्लेइङ ११ मा पर्न असफल भएका छन् ।

प्लेइङ ११ मा पारस नपरेको यो तेस्रो खेल हो ।

आबुधाबीले आज कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । उसले अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको हाे । आज आबुधाबीले टस हारेर ब्याटिङको मौका पाएको छ ।

कमेन्ट गर्नुहोस्