दैलेखमा चिनियाँ प्राविधिक टोलीले एकैपटक ४ सर्भे सुरु गर्ने

काठमाडौंः दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक सुरु गरिएको बताए । उनका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि सुरु भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य हुन्छ ।

याे पनि पढ्नुस  पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो

त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महत्त्वपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पु(याएको छ । अन्य तीनवटामध्ये भौगर्भिक सर्भे, भू–भौतिक सर्भे र जिओकेमिकल सर्भेका काम पनि एकैपटक सुरु गरिएको बताए ।

याे पनि पढ्नुस  पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो

चिनियाँ प्राविधिक टोलीले पहिलोपटक गरेको सर्वेक्षणमा पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने र त्यसको उत्खनन कुन भागबाट गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेपछि थप काम अगाडि बढ्ने जनाइएको छ । अन्वेषणको काम संवेदनशील भएकाले खोज तथा अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षित रूपमा राख्नुपर्ने भएका कारण पनि प्राविधिक टोलीले दैलेखको दुई स्थानमा बेस क्याम्प निर्माण गर्ने भएको छ ।

याे पनि पढ्नुस  पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो

दैलेखको डुगेश्वर गाउँपालिका–१, बेलपाटाको चुप्रामा बेस क्याम्प निर्माण भएको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालको आडमा बेस क्याम्प निर्माण गर्ने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छपिएको छ ।

कमेन्ट गर्नुहोस्