विवाहमा गोलभेँडाकै गहना–सिक्री र गोलभेँडाकै रिङ!

काठमाडौंः सामाजिक सञ्जालमा अहिले पाकिस्तानमा बेहुलीले गोलभेँडाका गहना लगाएर विवाह गर्न लागेको भिडियो भाइरल भएको छ ।

गोलभेँडाको मूल्य आकाशिएको भन्दै बेहुलीले सुनका गहना लगाउन छाडेर टमाटरका गहना लगाएको बताएकी हुन् ।

लाहोरकी ती युवतीले गोलभेँडा सुन जस्तै महंगो हुँदै गएको हुनाले आफूले सुनका गहना जसरी नै गोलभेडाको प्रयोग गरेको बताइन् ।

याे पनि पढ्नुस  विवाह गरेर लैजाँदै गर्दा बेहुली नै बेपत्ता !

कमेन्ट गर्नुहोस्