गर्लफ्रेण्डलाई गर्भवती बनाएपछि अर्जुन रामपालसँग पत्नीले गरिन् सम्बन्धविच्छेद

एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपालले २१ वर्षको वैवाहिक सम्बन्ध टुङ्ग्याउँदै पत्नी मेहर जेसियासँग  औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।

मुम्बईको बान्द्रास्थित परिवार न्यायालयले रामपाल र जेसियाको ‘सम्बन्धविच्छेद गरिपाउँ’ भन्ने निवेदनपछि दुवैलाई औपचारिक रूपमा अलग्गिन अनुमति दिएको हो।  सम्बन्धविच्छेदपछि उनका दुबै छोरीहरू मेहरसँग रहने भएका छन्।

अर्जुन र मेहर सम्बन्धविच्छेदको आवेदन दिए यतादेखि नै अलग्गिएर बस्दै आइरहेका थिए। दुवैले ३० एप्रिल २०१९ मा पारपाचुकेका लागि निवेदन दिएका थिए।

विशेष कानुन अन्तर्गत विवाह

मेहर र रामपालको विवाह ‘विशेष विवाह अधिनियम’ अन्तर्गत भएको थियो। भारतमा अन्तरधार्मिक विवाह यस अधिनियम अन्तर्गत पंजीकृत हुने गरेको छ ।

याे पनि पढ्नुस  शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो

यस अधिनियम अन्तर्गत पंजीकृत विवाहमा आपसी समझदारीमा सम्बन्धविच्छेद गर्नका लागि दम्पत्ति कमसे कम एक वर्षदेखि अलग्गै बस्नु पर्ने प्रावधान रखिएको छ।  भारतीय मिडियामा दुवैबीच आपसी मनमुटाव भएपछि उनीहरूले अलग हुने निर्णय लिएको बताइन्छ।

छोरीहरूको साथमा अर्जुन र जेसिका

दुबैमा २०११ यतादेखि नै आपसी मनमुटाव देखिन थालेको बताइन्छ। त्यसपछि गत वर्ष नै अर्जुनले आफूहरू अलग्गिने घोषणा गरेका थिए।  दुबैले यस सम्बन्धमा मिडियामा कुनै पनि प्रकारको प्रतिक्रिया दिन चाहेका छैनन्।  अर्जुनले यसलाई आफूहरुको वैयक्तिक विषय भनेका छन् भने मेहर मिडियासँग बचेर हिँड्ने गरेकी छिन्।

सम्बन्ध बिग्रिनुको कारण अर्जुनकी गर्लफ्रेण्ड

मिडियामा दुवैबीच सम्बन्ध बिग्रिनुको कारण अर्जुन र दक्षिण अफ्रिकी मोडेल ग्याब्रिएलाबीचको सम्बन्धलाई बताइएको छ. अर्जुन र ग्याब्रिएला लामो समयदेखि एकअर्कालाई डेट गरिराखेका छन् र यसै वर्ष जुलाईमा ग्याब्रिएलले एक्छोरालाई जन्म दिएकी छिन्।  दुवैले हालसम्म विवाह भने गरेका छैनन्।

याे पनि पढ्नुस  बलिउड अभिनेत्री सोनाक्षीका हातमा हतकडी

ग्याब्रिएला गत वर्ष एफएचएमको सय सबैभन्दा ‘सेक्सी’ महिलाको सूचीमा पर्न सफल भएकी थिइन्।  उनले २०१५ देखि तमिल सिनेमामा अभिनय समेत गर्न थालेकी छिन्।

ग्याब्रिएला र अर्जुन

मुम्बई मिररले प्रकाशित गरेको जानकारी अनुसार ग्याब्रिएला आमा बनेपछि अर्जुनका दुवै छोरीहरूले उनलाई भेटेकी थिइन्।  मेहरकि एक मित्रले भने मेहरलाई अर्जुनसँग डेटिङपछि ग्याब्रिएला गर्भवती भए पनि खासै चासो व्यक्त गरेकी थिइनन्।  उनकी मित्रले भनिन, “मेहरले अर्जुन निकै अगाडि बढी सकेको कुरा स्वीकार गरिसकेकी छिन्।  मेहर राम्री आमा हुन् र उनी आफ्ना छोरीहरूका लागि हर सम्भव राम्रो गर्न चाहन्छिन्। ”

याे पनि पढ्नुस  अचम्मः सेक्स कमेडी फिल्ममा सोनाक्षी सिन्हा, सबै छक्क

मुंबई मिररको रिर्पोट अनुसार न्यायाधीश शैलजा सावंतले उनीहरूको सम्बन्ध विच्छेदको निवेदन स्वीकार गरिएको बताएकी थिइन्।

सन् १९९८ मा अर्जुनले आफूभन्दा चार वर्ष जेठी पूर्व मिस इन्डिया युनिभर्स जेसिया मेहरसँग विवाह गरेका थिए। दुबैका दुई छोरी महिका (१७) र मायरा (१४) रहेका छन्। ।  आपसमा मनमुटाव हुन थालेपछि २०१८ मा दुबैले अलग हुने घोषणा गरेका थिए। अलग हुने घोषणापछि अर्जुन भाडाको घरमा शिफ्ट भएका थिए।

कमेन्ट गर्नुहोस्