सडकमा हिंड्दा आकाशबाट पैसा वर्षिन थालेपछि

एजेन्सी । तपाईं आफ्नै सुरले सडकमा हिंडी राख्नु भएको छ र अचानक आकाशबाट हजार हजारका नोटहरूको वर्षा हुन् थालेपछि के होला ? सुन्दा अविश्वसनीय अग्ने यस्तै घट्ना भारतमा घटेको छ।

त्यहाँ पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा एउटा घरको झ्यालबाट सय, पाँच सय र दुई हजारका नोट वर्षिन थालेपाची एकछिन् सडक नै जाम भएको छ।

राजधानी कोलकाताको बडाबाजारस्थित भ्याटिकन स्ट्रीटस्थित एउटा घरको झ्यालबाट लाखौँ नगद मिल्काइए पछि यसो भएको ब्ताइएको हो। समाचारमा जनाइए अनुसार आयकर विभागले उक्त भवनमा छापा मारेपछि आयकरबाट बच्न त्यहाँ बस्ने मानिसहरूले छैठौँ तल्लाको झ्यालबाट बिटाका बिता नोट फालेका हुन्।

यसरी घरको झ्यालहरूबाट पैसा फालिन थालेपछि बटुवा र स्थानीय पसलेले उक्त पैसा बटुल्न तँछाड मछाड गर्न थालेपछि एकछिन सडक नै जाम भएको थियो।

यसरी झ्यालबाट पैसा फालिनुको एकिन कारण खुल्न नसकेको भएपनि स्थानीयका अनुसार उक्त भवनमा त्यस समय आयकर विभागले छापा हानेको थियो। उक्त घटनामा केही छिनपछि प्रहरीले हस्तक्षेप गरेपछि भीड तितरबितर भएको बताइन्छ।

प्रहरीका अनुसार उक्त भवनमा थुप्रै निजी कम्पनीहरूका कार्यालय रहेका थिए। पक्राउ पर्ने डरले उक्त भवनको छैंठौं तल्लाको शौचालयको झ्यालबाट मानिसहरू पैसा हुत्याइरहेका थिए।

कमेन्ट गर्नुहोस्