कुखुरा मारेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता !

काठमाडौंः आफ्नो छिमेकीले कुखुरा मारेकाे भन्दै भारतको विहारमा मुद्दा दर्ता भएको छ ।

दुर्गावती थाना क्षेत्रको तिरोजपुर गाउँ निवासी कमलादेवीको छिमेकीसँग कुनै अन्य विषयमा विवाद भएको थियो ।

दुई दिनदेखि विवाद चलिरहेपछि रिसै रिसमा कमलादेवीको एउटा कुखुरालाई उनको छिमेकीले समातेर मारिदिए ।

त्यसपछि कमलादेवी प्रहरी चौकीमा उजुरी गर्न पुगिन् । उनले आफ्नो छोराको पनि कुटपिट भएको जाहेरी दिएकी छन् ।

प्रहरीले दुवै पक्षलाई मिलाउने कोशिस गरिरहेको थानाका इन्चार्जले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । दुवै पक्ष नमिलेपछि प्रहरीले मुद्दालाई अदालत लैजाने तयारी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्