इमर्जिङ एसिया कप फाइनलः पाकिस्तानले दियो बंगलादेशलाई ३०२ रनको लक्ष्य

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पाकिस्तानले बंगलादेशलाई ३ सय २ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनायो ।

उसका लागि रोहेल नाजिरले शतक बनाए । उनले ३ छक्का र १२ चौकाको मद्दतमा १११ बलमा ११३ रन बनाए ।

याे पनि पढ्नुस  इमर्जिङ एसिया कपः पाकिस्तानले दियो भारतलाई २६८ रनको लक्ष्य

यस्तै इमरान रफिकले ६२, कप्तान साउँद शकीलले ४२, खुश्दिल शाहले २७, हैदर अलीले २६ र अम्द बुट्टले नटआउट १५ रन बनाए ।

बलिङमा बंगलादेशका सुमन खानले ३, हसन महमूदले २ र मेहदी हसनले एक विकेट लिए ।

बंगलादेशले सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

याे पनि पढ्नुस  इमर्जिङ एसिया कपः भारतविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

पाकिस्तानले भारतविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल भने भारत र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्