को–को पुगे भ्वाइस अफ नेपालको ‘टप–८’ मा?

काठमाडौंः ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को ‘टप ८’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ ।

शनिबार टिम प्रमोदका बलबहादुर राजवंशी बाहिरिएपछि ‘टप ८’ प्रतिस्पर्धीको टुंगो लागेको हो ।

जारी सिजनको ‘टप ८’ मा टिम आस्थाबाट आरिफ रौफ, याङ्की ह्योल्मो, टिम दीपबाट विकाश लिम्बू, सञ्जय महत, टिम राजुबाट सनिष श्रेष्ठ, गीता शर्मा, टिम प्रमोदबाट राम लिम्बू र मेचु धिमाल पुग्न सफल भएका छन् ।

याे पनि पढ्नुस  ‘भ्वाइस अफ नेपाल’ ले प्रतिस्पर्धीलाई १२ लाख भनेर ५० हजारमात्रै दियो!

आउँदो शुक्रबार र शनिवारको अंकबाट ४ प्रतिस्धर्धीको ‘द भ्वाइस’को यात्रा टुंगिएसँगै हरेक टिमबाट एक–एक जना फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो संस्करणको भ्वाइस अफ नेपाल हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

कमेन्ट गर्नुहोस्