२ फीटका चिस्तीले गरे ६ फीट अग्ली युवतीसँग विवाह

काठमाडौंः पाकिस्तानका बुरहान चिस्ती मात्र दुई फीट उचाई भएका होचा-पुड्का हुन्। तर उनको प्रेम कहानीले भने प्रेमको अद्भुत उदाहरण नै प्रस्तुत गरेको छ । विभिन्न समयमा आफ्नो सामाजिक सक्रियताका कारण उसै पनि चर्चामा रहने चिस्तीले छ फीट अग्ली सुन्दरीसँग विवाह गरेपछि उनको चर्चा एकाएक चुलिएको छ ।

यस बेला पाकिस्तानमा उनको बिहेको भिडियो सामाजिक संजालमा ट्रेन्डिङ् भैरहेको छ । उनकी दुलही फौजिया निकै सुन्दर छिन् र उनको उचाई छ फीट छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने यो मागी विवाह नभएर प्रेम विवाह हो। उनको विवाह नर्वेको राजधानी ओस्लोमा भएको हो । उक्त विवाहमा १३ देशका मानिस बताइन्छ ।

चिस्तीलाई प्रेमले मानिसहरूले ‘बोबो’ भन्ने गरेको बताइएको छ । उनी नर्वेमा बस्छन् र बलिउड अभिनेता सलमान खानको बिइङ् ह्युमन अभियानका प्रतिनिधि रहेका छन् ।

तर बुरहान चिस्ती सामान्य होचा-पुड्का भने होइनन् । उनले २०१७ को ‘मोस्ट इन्स्पिरेसनल म्यान’ भन्ने पुरस्कार पाएका छन् । चिस्तीलाई सानैमा पोलियॊ भएको र उनि व्हील चेयरमा हिँड्ने गर्छन् । यस्काबब्जुद उनी साह्रै हिम्मतिला रहेको समचारहरूमा अएको छ ।

उनकी पत्नी फौजिया पाकिस्तानको पन्जाब प्रान्तकी हुन् । उनी निकै सुन्दर छिन् । सामाजिक संजालमा चिस्तीका प्रशंसक र मित्रहरूले उनीहरूकोजोदी निकै राम्रो भएको टिप्पणी गरेका छन् । अहिले चिस्तीले आफ्नो बिहेमा गरेको डान्स निकै भाइरल भैरहेको छ ।

कमेन्ट गर्नुहोस्