काठमाडौंः कंगोमा भएको विमान दुर्घटनामा कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ ।
बीजी बी नाम गरेको निजी कम्पनीद्वारा संचालित उक्त ड्रोनियर-२२८ विमान घना बस्ती भएको स्थानमा बजारिँदा एउटा घरका चार सदस्य पनि मारिएका छन् ।
दुर्घटना भएको विमानमा चालक दलका दुई सदस्य सहित १९ जना यात्रु सवार रहेको थिए । विमान कंगोको उत्तरपूर्वी शहर गोमाबाट बेनीतर्फ उडिरहेको थियो ।
बिबिसीले सम्बद्ध स्रोतहरूलाई उद्धृत गर्दै विमान उडेको एक मिनेटमै भुइँमा बजारिएको थियो । दुर्घटनापछि उक्त स्थानमा धुवाँको मुस्लो देखा परेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।