कतारमा नेपाली कामदारले पाए साढे ४ लाख पुरस्कार

दोहाः कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत नेपाली कामदार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा मोरङका गोर्खबहादुर राई रहेका छन् । उनलाई कम्पनी मालिक आसर अल अलीले १५ हजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम स्वरुप प्रदान गरेका छन् ।

याे पनि पढ्नुस  प्रतिस्ठानको सहयोगार्थ कतारमा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

१० वर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो । कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । नासर अल अली इन्टरप्राइसेसमा काम गरेर झापामा जग्गा जोडि सकेको उनले बताए ।

याे पनि पढ्नुस  आश्रमको सहयोगार्थ आयोजित आमा सेमिनारको तयारी पूरा

कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सबै कामदारहरुसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारका लागि उनी मालिक नभएर अविभावक भएको बताए ।

कमेन्ट गर्नुहोस्