एक किलो सुनसहित रसुवागढी नाकाबाट २ जना पक्राउ

रसुवाः चीनबाट अबैधरूपमा लुकाई ल्याइएको एक किलो सुनसहित रसुवागढी नाकाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रसुवा प्रहरीका अनुसार रसुवागढी नाकाबाट पक्राउ परेका दुई जनालाई सदरमुकाम ल्याइँदै गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिँदै छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएको बताए । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कमेन्ट गर्नुहोस्