काठमाडौंः ‘दि भ्वाइस अफ नेपाल’ का प्रतिस्पर्धी सनिश श्रेष्ठले चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा गीत गाउने भएका छन् ।
हाल छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अर्जुन पोखरेलको संगीतमा तयार भएको एक गीतमा सनिशले स्वर भर्नेछन् । सनिशसँग निर्माण टिमले गीत गाउने सम्झौता गरेको छ ।
संगीतका पोखरेलले केही दिनमै सनिशले गीत रेकडिङ गर्ने बताए । फागुन २३ गतेबाट रिलिज हुने चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ ।