युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटी अस्पतालका डा. झा पक्राउ

काठमाडौंः प्रहरीले ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ ।

डा. झालाई सोमबार साँझ अस्पतालबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

आइतबार सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पक्राउ परेका झा मेडिसिटी अस्पतालमा इमरजेन्सी विभागमा कार्यरत रहेका बुझिएको छ ।

याे पनि पढ्नुस  बलात्कारको घटना गाउँमै गुपचुप, ६ जना पक्राउ

प्रहरीका अनुसार उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्