८३ होटल सागका लागि बुक, विभिन्न देशका ३२ सय खेलाडी नेपालमा

काठमाडौंः आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो लागेपछि त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा आयोजना हुने सागमा नेपालसहित दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका खेलाडीले भाग लिनेछन्।

याे पनि पढ्नुस  १३औँ सागः भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दोका कमलले जिते स्वर्ण

गृहका अनुसार ३ हजार २ सय २८ खेलाडी, २ सय २९ रेफ्री, प्रशिक्षकरपदाधिकारी सहभागी हुनेछन्। खेलाडीसहितका पाहुना राख्न युवा तथा खेलकुद मन्त्रालयले ४ जिल्लामा ८३ होटल बुक गरेको छ ।

यद्यपि पाहुनाको चाप हेरेर बुक भएका होटल संख्या तलमाथि पर्न सक्ने मन्त्रालयले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

याे पनि पढ्नुस  साग भलिबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने

कमेन्ट गर्नुहोस्