सुनको भाऊ घट्यो, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको सुन आज ४ सयले घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलवार तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो संगै आज चाँदीको भाऊ पनि घटेको छ । सोमबार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य  मंगलवार प्रतितोला ८ सय ५० निर्धारण गरिएको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्